आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नयाँ मन्त्रीको नाम टुंगो लगाउन माओवादीले बोलायो बैठक

नयाँ मन्त्रीको नाम टुंगो लगाउन माओवादीले बोलायो बैठक

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 4.3K
    SHARES

  • नयाँ मन्त्रीको नाम टुंगो लगाउन माओवादीले बोलायो बैठक

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नयाँ मन्त्री नियुक्तिका लागि नाम टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ ।

    आज बुधवार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले बताएका छन् ।

    साहका अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको छ । असार २९ गते सरकारका नेतृत्व सम्हालेका कांग्रेस सभापति देउवाले ७० दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ ।

    सभापति देउवाले बुधवार परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका छन् । मंगलवार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको छ ।

    नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बुधबारै बस्दैछ । कांग्रेसले समेत दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ भने एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठककै बीचमा स्थायी कमिटी बैठक बस्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend