आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमसीसी पारित गर्नुपर्छ, हामीलाई पैसा र विकास चाहिएको छ : प्रचण्ड

एमसीसी पारित गर्नुपर्छ, हामीलाई पैसा र विकास चाहिएको छ : प्रचण्ड

  • मिडिया डबली
  • शनिवार, आश्विन २ २०७८

  • 5.9K
    SHARES

  • एमसीसी पारित गर्नुपर्छ, हामीलाई पैसा र विकास चाहिएको छ : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई पैसा र विकास चाहिएकाले एमसीसी सम्झौता परिमार्जनसहित प्रतिनिधि सभाबाट पारित गर्नुपर्ने बताएका छन् ।

    आज शनिवार जनकपुरधाममा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्न माओवादी तयार रहेको स्पष्ट पारे ।

    तर उनले एमसीसी पारित गर्नुअघि परिमार्जन हुनुपर्ने शर्त भने राखे । उनले परिमार्जन विना एमसीसी सम्झौता पास गर्न नमिल्ने बताए । पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरू बिगारिएकाले यसलाई विना परिमार्जन पारित गर्न नमिल्ने उनले बताएका छन् ।

    प्रचण्डले भने, ‘यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेला एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गर्नुपर्छ भन्ने कुनै प्रावधान थिएन तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधि सभाबाट पारित गर्नुपर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद सिर्जना भएको थियो ।’

    उनले अमेरिकी संसदमा एमसीसी इण्डो प्यासिफिक रणनितिको अंग हो भन्ने विषय चर्चामा आएपछि विवाद झन् चर्किएको बताए । प्रचण्डले गलत विषयहरूलाई संशोधन र परिमार्जन नगरेसम्म एमसीसी पारित नहुने स्पष्ट पारेका छन् । 

    अर्काे प्रसंगमा उनले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

    प्राविधिक कारणले सरकारलाई पूर्णता दिन ढिलाइ भइरहेको स्वीकार गर्दै उनले अब चाँडै नै मन्त्रिमण्डल विस्तार गरेर सरकारलाई पूर्णता दिइने बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend