काठमाडौं – शान्ति प्रक्रियामा आउनुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रशिक्षण गोप्य रूपमा दिने गरेका थिए । तर शान्ति प्रक्रियामा आएपछि प्रचण्डका कार्यक्रममा सबैलाई पहुँच हुन्थ्यो ।
तर शनिबार जनकपुरधाममा आयोजित नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रम भने गोप्य बनाइएको छ ।
जनकपुरस्थित मारवाडी सेवा सदनमा माओवादी केन्द्र प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई गोप्य बनाइएको हो । २ नम्बर प्रदेशका ८ वटै जिल्लाका अगुवा नेता कार्यकर्ता प्रशिक्षणमा सहभागी छन् ।
प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्डले जननकपुरधाम विमानस्थलमा पत्रकारलाई निम्तो दिएको भएपनि कार्यक्रमस्थलमा प्रवेश गर्न दिइएन । कार्यक्रमस्थलमा माओवादीको भातृ संगठन वाईसीएलका कार्यकर्ता परिचालन भएका छन् छन् ।
प्रशिक्षण कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दीपक यादवले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।