आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महेश बस्नेतलाई प्रचण्डको चिन्ता : अन्तिम क्षणमा रुने मान्छे पनि पाउने छैनन् !

महेश बस्नेतलाई प्रचण्डको चिन्ता : अन्तिम क्षणमा रुने मान्छे पनि पाउने छैनन् !

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 5.6K
    SHARES

  • महेश बस्नेतलाई प्रचण्डको चिन्ता : अन्तिम क्षणमा रुने मान्छे पनि पाउने छैनन् !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको गोटी बनेको गम्भीर आरोप लगाएका छन् ।

    राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेश कमीटीले सोमवार साँझ बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले भने, ‘सभामुख सापकोटा प्रतिनिधिसभा सदस्यको, प्रतिनिधि सभाको मुख बन्नुपथ्र्यो तर प्रचण्ड र नेपालको गोटी बन्नुभयो, उताबाट जे जस्तो निर्देशन आउँछ, त्यही मात्र अगाडि बढाउनेलाई कसरी सभामुख मान्ने ?’

    नेता बस्नेतले यथास्थितिमा एमालेले प्रतिनिधि सभा चल्न नदिने बताए । नेता बस्नेतले नेकपा माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएका समेत बताए ।

    बस्नेतले भने, ‘पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डका अभिव्यक्ति आफू एक्लिएको बताउँदै हिँड्न थालेका छन्, त्यो वास्तविक हो । प्रचण्डले जीवनको अन्तिम क्षणमा पुग्दा रुने मान्छे पनि पाउने छैनन् । यो हामीले होइन, प्रचण्ड आफैंले एक्लिएको महसूस गरिसकेका छन् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend