काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा सत्तारुढ गठबन्धनमाथि आक्रामक रूपमा खनिएका छन् ।
गृहजिल्ला काभ्रेको पार्टी कार्यालयमा बागमती प्रदेशका मन्त्री चन्द्र लामालाई सम्मानपछि आयोजित भेलालाई सम्बोधन गर्दै बाँस्कोटाले गठबन्धनको घोषित नीति नै विकासको भण्डाफोर गर्ने रहेको आरोप लगाए ।
काभ्रेमा नेकपा एकीकृत समाजवादी (एस) का प्रदेशसभा सदस्य लक्ष्मण लम्साल लगायतले विकासको भण्डाफोर गर्ने घोषणा नै गरेको भन्दै हालै प्रतिस्थापन विधेयकमार्फत भौतिक पूर्वाधार मन्त्रालयको बजेट कटौती र १४ सय सडक आयोजना खारेजीले त्यसको पुष्टि हुने दाबी गरे ।
केन्द्रमा केपी ओली र काभ्रेमा गोकुल बाँस्कोटाले विरोध गर्न विकास निर्माणका आयोजनाहरू खारेजी गरिएको आरोप उनले लगाए ।
नेता बाँस्कोटाले अमेरिकी सहयोगको परियोजना एमसीसीमा हिजो प्रचण्ड, शेरबहादुर देउवा र कृष्णबहादुर महराहरूले हस्ताक्षर गरेको भन्दै आज ११ बुँदे प्रश्न एमसीसीलाई पठाएर दुनियाँ हसाइएको आरोप लगाएका छन् । बास्कोटाले प्रश्न गरे, ‘हिजो एमसीसीमा हस्ताक्षर गर्दा प्रचण्ड र महराहरूले भाङ खाएका थिए ?’
पूर्वमन्त्री बाँस्कोटाले कालोधनलाई सेतो बनाउन बजेटमै नीतिगत भ्रष्टाचारको व्यवस्था गरेको आरोप लगाएका छन् । हिजो माओवादीले बैंक लुटेका पैसा लिएर आउन स्रोत नखुलेको सम्पत्ति जलविद्युत् लगायतका ठूला आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिएको उनले बताएका छन् ।
नेता बाँस्कोटाले भने, ‘बजेटमै २०८० चैतसम्म कसैले लुटेर लिएर आएको रहेछ भने पनि लगानी गरेमा स्रोत खोजिने छैन भनिएको छ । यो भनेका भयंकर नीतिगत भ्रष्टाचार हो । हिजोको बैंक लुटेको पैसा तह लगाउन यसो गरिएको हो । विदेश लगिएका अवैध धन लगानी गर्न खोजिएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।