आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाललाई एमसीसी चाहिन्छ : जनार्दन शर्मा

नेपाललाई एमसीसी चाहिन्छ : जनार्दन शर्मा

  • मिडिया डबली
  • शनिवार, भाद्र २६ २०७८

  • 6.6K
    SHARES

  • नेपाललाई एमसीसी चाहिन्छ : जनार्दन शर्मा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन्स (एमसीसी) नेपालका लागि आवश्यक रहेको बताएका छन् ।

    नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज शनिवार भएको भेटमा अर्थमन्त्री शर्माले एमसीसी नेपालका लागि आवश्यक भए पनि संसदबाट पारित गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

    एमसीसी उपाध्यक्ष सुमारले एमसीसी नेपाललाई चाहिने वा नचाहिने भन्ने विषयको छिट्टै टुंगो लगाइदिन मन्त्री शर्मालाई आग्रह गरेकी थिइन् । मन्त्री शर्माले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक रहेको जवाफ उपाध्यक्ष सुमारलाई दिएका थिए ।

    केही दिनअघि काठमाडौं आएर उपाध्यक्ष सुमारले एमसीसीबारे शीर्ष राजनीतिक नेतृत्वसँग छलफल गरिरहेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०९:०६:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend