सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images
राजनीतिक बिशेष

कुरौटे ओली, आफ्नो देशका सभामुखविरुद्ध विदेशी पाहुनालाई चुक्ली लगाए

कुरौटे ओली, आफ्नो देशका सभामुखविरुद्ध विदेशी पाहुनालाई चुक्ली लगाए

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २५ २०७८

  • 6.7K
    SHARES

  • कुरौटे ओली, आफ्नो देशका सभामुखविरुद्ध विदेशी पाहुनालाई चुक्ली लगाए

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली इगोको राजनीति गर्ने नेतामा पर्छन् । आफ्नो कुरा मान्ने र सधैं आफूकहाँ धाउनेलाई ओलीले संरक्षण पनि गर्छन् ।

    तर, आफ्नो विरोध गर्ने र मन नपरेकालाई ओलीले भित्तामै पुर्यादिन्छन् । जुन अहिलेसम्म देखिँदै पनि आएको छ । अघिल्लो निर्वाचनमा आफू प्रधानमन्त्री बन्न ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अपवित्र साँठगाँठ गरे ।

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता पनि भयो । ओली र प्रचण्डबीच प्रधानमन्त्री आधा आधा कार्यकाल खाने भद्र सहमति पनि भयो । तर, कार्यान्वयनको चरणमा आइपुगेपछि ओलीले निहुँ खोजे ।

    त्यही विवाद पछि गएर एमाले र माओवादी केन्द्रबीच विभाजनको कारण बन्न पुग्यो । ओलीले भद्र सहमति कार्यान्वयन नगरेकैले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट अनुमोदन गर्ने प्रक्रिया रोक्न प्रचण्ड र तत्कालीन सभामुख कृष्णबहादुर महराबीच आन्तरिक सहमति भयो ।

    महरा यौनकाण्डमा जेल गए । त्यसपछि आएका सभामुख अगिन्प्रसाद सापकोटाले पनि प्रक्रिया अघि बढाएनन् । एमाले र माओवादी केन्द्र एकता कायम नहुनुको कारण एमसिसी पनि बन्यो । अहिले तिनै दुई सभामुख महरा र सापकोटाको उछितो काढ्न ओली सक्रिय छन् ।

    कतिसम्म भने आफ्ना देशका दुई सभामुखको कुरा ओलीले एमसिसी उपाध्यक्ष फतिमा सुमारलाई लगाएका छन् । सभामुखकै कारण एमसिसी पास नभएको उनले बताउनुले देशका दुई दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्ति ओलीको राजनीतिक साख गिरेको छ ।

    ओली प्रमुख प्रतिपक्षी दलका नेता हुन् । जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छन् । त्यो पदमा रहेका नेताले विदेशी पाहुनासमक्ष आफ्ना देशका नेताविरुद्ध कुरा लगाउनुलाई कूटनीतिक क्षेत्रका व्यक्तिहरूले राम्रो मानेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend