काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छन् ।
प्रचण्डनिवास खुमलटारमा दुबैबीच भेटवार्ता सुरू भएको छ ।
शुक्रवार बिहान पौने ८ बजे प्रचण्ड भेट्न फातिमा खुमलटारस्थित निवास पुगेकी थिइन् ।
एमसीसी पारित गर्नका लागि माहोल बनाउन नेपाल आएकी उपाध्यक्ष फातिमाले बिहीबारदेखि नै भेटवार्तालाई तीव्र पारेकी छन् ।
उपाध्यक्ष फातिमाले बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरिसकेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।