काठमाडौं - पछिल्लो समय एमाले अध्यक्ष केपी ओली निकै धार्मिक बन्न थालेका छन् । चाडपर्वमा पूजापाठ गर्ने, मन्दिर जाने, घरपरिवारमै चाडपर्व मनाउने गर्न थालेका छन् ।
आफूलाई कम्युनिस्ट नेता भन्न रुचाउने ओलीले प्रधानमन्त्री भएका बेला बालुवाटारमा दशैंको टीकासमेत लगाइदिएका थिए । ओलीले यसपटकको तीजको अवसरमा बुधबार एमाले महिला केन्द्रीय सदस्य र सांसदहरूलाई बालकोटमा दर खुवाएका छन् ।
अपराह्न संसद् भवनमा सभामुख र सरकारविरुद्ध चर्को नाराबाजी लगाउने महिला नेतृहरू बुधबार साँझ ओलीको बालकोटस्थित निवासमा दर खान भेला भएका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।