काठमाडौं, २३ भदौ - प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन ।
यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।