सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

पाँचथरमा ११ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी, यहाँ पनि चुक्यो एमाले !

पाँचथरमा ११ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी, यहाँ पनि चुक्यो एमाले !

  • मिडिया डबली
  • बुधवार, भाद्र २३ २०७८

  • 6.5K
    SHARES

  • पाँचथरमा ११ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी, यहाँ पनि चुक्यो एमाले !

    रवीन्द्र काफ्ले

    पाँचथर, २३ भदौ-  पाँचथरमा नेकपा (एमाले)बाट निर्वाचित ११ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।

    जिल्ला समन्वय समितिका सदस्य सन्तोष सिन्चेउरीसहित फालेलुङ गाउँ कार्यपालिका सदस्य रेणुका आङ्बो, कुम्मायक गाउँ कार्यपालिका सदस्य भक्तबहादुर विश्वकर्मा, कुम्मायक–२ का वडाध्यक्ष बालकृष्ण शेर्मा, फालेलुङ–१ का वडाध्यक्ष श्रीप्रसाद जबेगूले एकीकृत समाजवादीमा सनाखत गराएका हुन् ।

    जिल्ला समन्वय समितिका सदस्य सिन्चेउरीकाअनुसार सनाखत गर्ने अन्य जनप्रतिनिधि वडा सदस्यहरु छन् । जसमा फालेलुङ–१ का वडा सदस्यहरु तारा विश्वकर्मा र यमुना भण्डारी, फिदिम नगरपालिका–१२ का वडा सदस्यहरु नन्दिकेशर आचार्य र सर्मिला नेपाली, याङवरक गाउँपालिका–५ वडा सदस्य दुर्गाप्रसाद योङहाङ र हिलिहाङ गाउँपालिका–५ वडा सदस्य राजकुमार पन्थाक छन् ।

    उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा पुगी सनाखत गरेको जिल्ला समन्वय समितिका सदस्य सिन्चेउरीले जानकारी दिए । निर्वाचन कार्यालयले भने सनाखत भएका जनप्रतिनिधिबारे विवरण सार्वजनिक गर्न नमिल्ने बताएको छ ।

    पाँचथरमा एमालेबाट जिल्ला समन्वय समितिका प्रमुख र ६ जना सदस्य, चारवटा गाउँपालिकामा अध्यक्ष र पाँच वटा गाउँपालिकामा उपाध्यक्ष तथा २९ वडामा वडाध्यक्ष छन् ।

    गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु भने सबै एमालेमै रहेका छन् । एमालेबाट एक/जना प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य निर्वाचित भएको जिल्लामा प्रदेशसभा सदस्य गणेशकुमार काम्बाङ एकीकृत समाजवादीमा खुलेका छन् ।

    मंगलबार एमालेको सचिवालय बैठक बसेको छ । उक्त बैठकमा २२ जना सचिवालय सदस्यहरु मध्ये १८ जना सहभागी भएको एमालेका केन्द्रीय सदस्य एवं पाँचथर सह–इन्चार्ज अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend