बिहिवार, आश्विन ७ २०७८Sep 23 2021

Logo
images
images
images

गण्डकीमा ओलीलाई ठुलो झड्का, गुमायाे ४० जनप्रतिनिधि

गण्डकीमा ओलीलाई ठुलो झड्का, गुमायाे ४० जनप्रतिनिधि

  • मिडिया डबली
  • बुधवार, भाद्र २३ २०७८

  • 16.8K
    SHARES

  • गण्डकीमा ओलीलाई ठुलो झड्का, गुमायाे ४० जनप्रतिनिधि

    पोखरा, २३ भदौ - गण्डकी प्रदेशका ४० जना जनप्रतिनिधि एमाले छोडेर नयाँ पार्टीमा लागेका छन् । ११ जिल्लाका ८५ पालिकामध्ये एकजना पालिका उपाध्यक्षसहित ४० जना नेकपा (एकीकृत समाजवादी) उभिएका हुन् ।

    कास्कीबाट दुई सय ८२ जनप्रतिनिधिमध्ये चारजनाले नयाँ पार्टी रोजेका छन् भने एक सय ३३ मध्ये बागलुङबाट सातजनाले एमाले छोडे । एक सय ८१ जनप्रतिनिधि एमालेको रहेको तनहुँमा १३ जना, एक सय २४ जना भएको म्याग्दीबाट तीनजनाले नयाँ पार्टी रोजेका हुन् ।

    images

    तीन सय १४ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका स्याङ्जामा सातजनाले छोडे । एक सय ३३ एमाले जनप्रतिनिधि भएको बागलुङबाट सातजना, पर्वतमा दुई सय दुईमध्ये दुईजना, ६२ जना एमाले जनप्रधिनिधि भएको गोरखामा तीनजना र ४६ जनप्रतिनिधि भएको मुस्ताङबाट एकजना एकीकृत समाजवादी रोजेका हुन् ।

    ९ भदौमा पार्टी औपचारिक विभाजन भएपछि स्थानीय जनप्रतिनिधिलाई पार्टी रोज्न निर्वाचन आयोगले २२ भदाैसम्मको समय दिएको थियो । गण्डकीमा पहिले पनि अध्यक्ष केपी ओलीको पकड राम्रो छ ।

    नयाँ पार्टी रोज्नेमध्ये गाउँपालिका उपाध्यक्ष एकजना, वडाध्यक्ष १२ जना, कार्यपालिका सदस्य १०, वडा सदस्य १५ र जिल्ला समन्व समिति सदस्य दुईजना छन् । नवलपुर, मनाङ र लमजुङका कोही पनि एमाले जनप्रतिनिधिले विभाजित पार्टी रोजेनन् । एमालेलाई बढी धक्का लागेको तनहुँबाट हो । तनहुँ शुक्लागण्डकी नगरपालिकाका मात्रै चारजना वडाध्यक्षले समाजवादी पार्टी रोजेका छन् ।

    वडा नम्बर ३ का अध्यक्ष रामकुमार श्रेष्ठ, ५ का अध्यक्ष दीर्घबहादुर थापा, ७ का अध्यक्ष रामजी क्षेत्री र ११ का अध्यक्ष दलबहादुर थापा एकीकृत समाजवादीमा लागेका हुन् । सोही नगरको कार्यपालिका सदस्य सानुमाया महत, वडा नम्बर ११ का वडा सदस्यहरू रीता भुजेल, थमनसिंह आले र डोलमाया विक छन् ।

    वडा नम्बर ५ का वडा सदस्य थमबहादुर आले र वडा नम्बर ९ का सदस्य दिलबहादुर थापाले पनि नयाँ पार्टी रोजे । व्यास-४ का वडाध्यक्ष विश्वराज न्यौपाने र सदस्य मनबहादुर गुरुङ तथा आँबुखैरेनी गाउँपालिका वडा नम्बर ६ का सदस्य सन्जय गुरुङ पनि विभाजनको पक्षमा लागे । कास्कीका चारजना नयाँ पार्टीमा खुलेका छन् ।

    दुई सय ८२ जना निर्वाचित जनप्रतिनिधिमध्ये दुईजना कार्यपालिका सदस्य र दुईजना वडा सदस्य छन् । मादी गाउँपालिकाका कार्यपालिका सदस्य नरबहादुर लामा र माछापुच्छ्रे गाउँपालिकाका कार्यपालिका सदस्य लालबहादुर परियार तथा माछापुच्छ्रे ७ का सदस्य बाबुराम भण्डारी र रुपा ५ का सदस्य दामोदर भण्डारी पनि विभाजनको पक्षमा देखिए ।

    स्याङजामा गाउँपालिका उपाध्यक्षसहित सातजनाले विभाजनको पक्षमा सनाखत गरे । आँधिखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल पार्टीको केन्द्रीय सदस्य बनेकी छन् ।

    आँधीखोला २ का वडाध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य खड्कबहादुर नेपाली र विन्दु विक, हरिनास गाउँपालिका ७ का सदस्य ऋषिराम लम्साल, जिल्ला समन्वय समितिका सदस्य गुमनसिंह थापा र पुतलीबजार नगरपालिका ४ का सदस्य डोलराज गौतम एकीकृत समाजवादीमा लागेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    गोरखामा दुई वडाध्यक्ष र एकजना वडा सदस्यले माधव नेपाल नेतृत्वको समाजवादी रोजेका छन् । आरुघाट गाउँपालिका ३ का अध्यक्ष श्रीवल बराम र ५ का वडाध्यक्ष नारायणध्वज खड्का तथा गोरखा नगरपालिका ८ की वडा सदस्य कल्पना नेपालीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । बागलुङबाट ३ वडाध्यक्ष र ३ कार्यपालिका सदस्य र एकजना वडा सदस्य समाजवादीमा खुले ।

    बागलुङ नगरपालिका २ का वडाध्यक्ष जीवन आचार्य र ढोरपाटन नगरपालिका ९ का वडाध्यक्ष हरिबहादुर घर्ती, काठेखोला गाउँपालिका ३ का अध्यक्ष यामबहादुर श्रीष, बागलुङ नगरपालिकाकी कार्यपालिका सदस्य सीता थापा, जैमिनी नगरपालिका कार्यपालिका सदस्य बलबहादुर नेपाली र ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य यामु बिकले एकीकृत समाजवादीमा सनाखत गरे ।

    बागलुङ नगरपालिका २ का वडा सदस्य सुरज बोसेल पनि एमालेको विपक्षमा उभिए । म्याग्दीमा एमालेबाट निर्वाचित तीनजना जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन् । बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की बानियाँ र धवलागिरि गाउँपालिकाका कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले नयाँ पार्टीमा सनाखत गरेका हुन् ।

    पर्वतमा कुश्मा १४ का अध्यक्ष भीमबहादुर गुरुङ र फलेवास ४ का सदस्य बालचन्द्र नेपालीले समाजवादीमा सनाखत गरे । यस्तै मुस्ताङ जिल्ला समन्वय समितिका सदस्य दुर्गादेवी रसाइलीले पनि विभाजनलाई समर्थन गरिन् ।

    जसपाबाट छुट्टिएका महन्थ ठाकुर पक्षमा भने कोही पनि जनप्रतिनिधि लागेनन् । लोकतान्त्रिक समाजवादी पार्टीमा कसैले पनि सनाखत नगरेको निर्वाचन कार्यालयले जनाएका छन् ।

    जसपाका गण्डकीमा ३० जना जनप्रतिनिधि छन् । प्रदेशका २७ मध्ये सबै सांसदहरू एमालेमै छन् । जनता समाजवादीका दुई सांसद पनि पुरानै पार्टीमा रहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology