मकवानपुर, २३ भदौ- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।
एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ ।
शाक्यले रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएकी छन् ।
यस्तै, प्रदीपकुमार कटुवाल क्षेत्रीले स्वास्थ्य, अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन र चन्द्र लामा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बनेका छन् ।
राज्यमन्त्री पाउनेहरूमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली छन् । उनीहरूले क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।