काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य, पूर्व सूचना तथा सञ्चार मन्त्री, खेलकुद विभाग प्रमुख, केन्द्रीय बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिका संयोजक, वरिष्ठ समाजसेवी मोहनबहादुर बस्नेतले मनोहरा खोलाका बाढीपीडितसँग जन्मोत्सव मनाएका छन् ।
अविरल वर्षाका कारणले भक्तपुरको मनोहरा खोलाको किनारमा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको बेला नेता बस्नेतले पीडित परिवारलाई सहानुभूति दिन र कांग्रेस जनतासँग रहेको अनुभूति दिलाउन जन्मोत्सव मनाएका हुन् ।
विस्थापित भएका पीडितलाई तत्कालै खाद्यान्न सहयोगी गर्दै नेता बस्नेतले डुबानमा परेका पीडितसँगै बसेर केक काटेर जन्मोत्सव मनाएका छन् ।
यसअघि समेत नेता बस्नेतले समाजसेवी काम गर्दै आएका छन् ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।