सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

त्रियुगाका मेयरसहित ६ जनप्रतिनिधिले त्यागे एमाले, बालकोटमा बबण्डर !

त्रियुगाका मेयरसहित ६ जनप्रतिनिधिले त्यागे एमाले, बालकोटमा बबण्डर !

  • मिडिया डबली
  • सोमवार, भाद्र २१ २०७८

  • 4.7K
    SHARES

  • त्रियुगाका मेयरसहित ६ जनप्रतिनिधिले त्यागे एमाले, बालकोटमा बबण्डर !

    उदयपुर, २१ भदौ- उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेका छन् । 

    मेयर चौधरी, त्रियुगा-३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष पशुपति चौधरीसहितले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन ।

    एकीकृत समाजवादीमा सनाखत गर्नेमा त्रियुगा-६ का वडा सदस्य जयराम पंजियार, ९ का वडा सदस्य खिलबहादुर कार्की, ११ का वडा सदस्य सकुन्तला विश्वकर्मा पनि छन् ।

    त्रियुगा नगरपालिकाका १२/१३ जनप्रतिनिधि एकीकृत समाजवादीमा आउने पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मेयर चौधरीले बताए । 
    एमालेबाट निर्वाचित प्रदेश सांसद सुनिताकुमारी चौधरीले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरेकी छिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend