काठमाडौं - प्रदेश २ पछि सुदूरपश्चिम प्रदेशमा एमालेलाई ठूलो झटका लागेको छ । एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा पनि ठूलो भएपछि अध्यक्ष केपी ओली तनावमा परेका छन् ।
प्रदेश २ मा आइतबार एमालेका थप दुई सांसदले एकीकृत समाजवादीमा आबद्ध भएका छन् । प्रदेशमा अब माधव नेपालको पार्टी एकीकृत समाजवादीमा १३ सांसद भएका छन् । जबकि ओली नेतृत्वको एमालेमा आठ सांसद छन् ।
यस्तै, आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ ।
प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर सत्ताको दाबी गर्ने भन्दै थप एक सांसद जुटाउने अभियानमा सो पार्टीका नेताहरु लागिपरेका छन् । योसँगै कांग्रेस र एमालेसँग १२/१२ जना प्रदेशसभा सदस्य हुनेछन् भने जनता समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।