काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुलप्रसाद बास्कोटाले सांसद बिना मगरलाई मन्त्री बनाउन नपाइने तर्कको प्रतिवाद गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेका छन् ।
अध्यक्ष प्रचण्डले सुदूरपश्चिमबाट बुहारी बिना मगरलाई मन्त्री बनाउन लागेको चर्चा चलिरहेका बेला बाँस्कोटाले माधव नेपाल र नारायणकाजी श्रेष्ठभन्दा प्रचण्ड फरक भएको भन्दै बिना मगरलाई मन्त्री बनाउन हुन्न भन्ने तर्क आफूलाई मन नपरेको बताएका छन् ।
नेता बास्कोटाले सामाजिक सञ्जालबाट बिना मगरको समर्थन गर्दै लेखेका छन्, ‘खाइँदो परेको कुरा त होइन तर प्रचण्डले बिना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको मलाई फिटिक्कै मन परेन । प्रचण्डले माधवले जस्तो अध्यादेशबाट माओवादी बनाएको होइन, न त काजीले जस्तो युद्ध सकिएपछि ओते छाप पार्टी बनाको हो । प्रचण्डले पार्टी बनाउने अरुले फरमान जारी गर्ने ? त्यो मिल्दैन !’
यसअघि नेता बाँस्कोटा प्रचण्डको कटु आलोचना मानिँदै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।