सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीलाई अर्को आपत हृदयेश त्रिपाठीले पनि अर्को पार्टी खोल्ने

ओलीलाई अर्को आपत हृदयेश त्रिपाठीले पनि अर्को पार्टी खोल्ने

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ११ २०७८

  • 7.4K
    SHARES

  • ओलीलाई अर्को आपत हृदयेश त्रिपाठीले पनि अर्को पार्टी खोल्ने

    काठमाडौं - ४५ वर्षदेखि सँगैका साथी माधवकुमार नेपाललाई गुमाएका एमाले अध्यक्ष केपी ओलीलाई अर्को धक्का लाग्ने भएको छ । गत आमनिर्वाचनमा एमालेको सूर्य चुनाव चिन्ह लिएर प्रतिनिधिसभामा विजयी भएका हृदयेश त्रिपाठीले पनि एमाले छाड्ने भएका छन् ।

    उनी स्वतन्त्र सांसद भए पनि एमालेको दलीय ह्विप लाग्ने गर्छ । तर, अध्यादेश जारी भएसँगै एमालेको २५ प्रतिशत हिस्सा लिएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी खोलेपछि त्रिपाठी समूहलाई पनि सजिलो भएको छ ।

    स्रोतका अनुसार आगामी निर्वाचनमा नयाँ दलबाट चुनाव लड्ने त्रिपाठी समूहको तयारी छ । त्रिपाठी समूहमा बृजेशकुमार गुप्तालगायतका सांसद छन् ।

    त्रिपाठीको पृष्ठभूमि कम्युनिस्ट पार्टी भए पनि यिनी लामो समयसम्म सदभावना पार्टीबाट राजनीति गरे । पछि मधेसी जनअधिकार फोरममा सामेल भएका त्रिपाठी महन्थ ठाकुरको तमलोपमा उपाध्यक्ष थिए ।

    ठाकुर र राजेन्द्र महतोको पार्टी एक् भएपछि त्रिपाठीले मधेस केन्द्रित राजनीति छाडेर स्वतन्त्र रूपमा निर्वाचन लडेका थिए । उनी एमालेमा नेताहरूको कार्यशैलीबाट निकै आजित भएका छन् ।

    खासगरी एमाले अध्यक्ष केपी ओलीको निरंकुश प्रवृत्तिको विरोध गर्दै आएका त्रिपाठीले नयाँ पार्टी खोलेमा एमालेको ठूलै हिस्सा बाहिरिने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend