काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवक्ता बनाएका छन् । तर पुरानो यौन दुर्व्यवहार काण्डमा मुछिएका महरा फेरि विवादमा परेका छन् ।
प्रवक्ता महाराले अदालतबाट सफाइ पाएपनि पीडित भनिएकी रोशनी शाहीले फेरि महरालाई खुला धम्की दिएकी छन् ।
महरा सभामुख हुँदा शाहीले बाहिर ल्याएको काण्डका कारण राजीनामा दिनुपरेको थियो । शाहीकै कारण महरा केही समय थुनामा समेत बस्नुपर्यो ।
तर महराले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट सफाई पाइसकेका छन् । सफाई पाएपछि केही दिनअघि मात्रै महराले माओवादीको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
आज बिहीवार बिहान रोशनी शाहीले सामाजिक सञ्जाल फेसबुकबाट आक्रोश पोखेकी छन् । महराको अर्को मुद्दा बाँकी नै रहेको शाहीले दाबी गरेकी छन् । शाहीले लेखेकी छन्, ‘अर्को मुद्दा बाँकी नै छ महरा जि !’
शाहीले फेरि लेखेकी छन्, ‘महरा सकिए महराको चालीस वर्षको राजनीति सखाप भयो महराको राजनीति योगदान खरानी भयो भनेर कराउनेहरू महराको राजनीति जहाँको त्यँही हुनुमा एउटी महिलाले संसारसँग एक्लै लडेर बदनामी सहिन् अर्की महिला मृत्युको मुखमा परिन् पुरुष अगाडि बढ्नुमा महिलाहरू जल्नुपर्छ मर्नुपर्छ मृत्युको शैयामा आगोको ज्वालामा बसेर पुरुषहरू आफ्नो ढाड सेकाउँछन् ।’
महरा र शाहीबीच पारिवारिक उठबस रहेकै अवस्थामा यौन दुर्व्यवहार काण्ड बाहिर आएको थियो । प्रहरीले पक्राउ गरेपछि महराको राजनीति सकिएको चर्चा भएपनि महरा फेरि राजनीतिक शक्तिमा सक्रिय हुन थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।