सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

ओलीको पालामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री निवासमा सजावट गर्दा १४ करोड स्वाहा

ओलीको पालामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री निवासमा सजावट गर्दा १४ करोड स्वाहा

  • मिडिया डबली
  • बुधवार, भाद्र ९ २०७८

  • 6.5K
    SHARES

  • ओलीको पालामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री निवासमा सजावट गर्दा १४ करोड स्वाहा
    फाइल तस्वीर

    काठमाडौं - अघिल्लो केपी ओली सरकारका पालामा राज्यकोषमा कतिसम्म लुटिएको रहेछ भन्ने कुरा महालेखा परीक्षकको सार्वजनिक प्रतिवेदनले खोल्दै गएको छ । ओली साढे तीन वर्ष प्रधानमन्त्रीको कुर्सीमा बसेका थिए ।

    उनको पालामा राज्यका प्रायः सबै निकायले फजुल खर्च गरेको, ढुकुटीको दोहन गरेको तथ्य खुलेको छ । जुन रकम अहिले बेरुजु देखिएको छ ।

    ओलीको पालामा विशिष्ट व्यक्तिहरूको सेवासुविधामा पनि बेलगाम खर्च भएको पाइएको छ । आव ०७६÷७७ मा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री निवासमा सजावटका लागि मात्र १४ करोड १७ लाख १७ हजार रुपैयाँ खर्च भएको छ । 

    मादपण्ड स्वीकृत नगरी विशिष्ट व्यक्तिहरूको मागअनुसार फर्निचर, भान्साका सामान, कार्पेट, पर्दा खरिदमा यो रकम खर्च भएको हो ।

    सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट यस्तो खर्च भएकोमा यसको औचित्य र पादरर्शितामा महालेखाले प्रश्न गरेको छ ।

    ‘विशिष्ट व्यक्तिले प्रयोग गरेका निवासमा विगतदेखिका सामानको बारेमा केही उल्लेख नगरी प्रत्येक वर्ष एकै प्रकृतिका सामान खरिद गरी उपलब्ध गराउँदै आइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मापदण्ड स्वीकृत नगरेका कारण सामानको गुणस्तर, परिणाम र खर्चमा एकरूपता हुन सकेको छैन । विशिष्ट व्यक्तिहरूका लागि आवश्यक पर्ने बजेट सम्बन्धित निकायमै विनियोजन गर्ने र सेवासुविधाको मापदण्ड बनाई खर्च गर्नुपर्छ ।’

    अघिल्लो वर्ष राष्ट्रपति कार्यालयका लागि महँगा कार्पेट किन्नेदेखि मन्त्री निवासमा जिमखाना बनाउनेजस्ता निर्णय विवादमा परेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend