आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीमा कसलाई कुन जिम्मेवारी ? देशभर को–को बने जिल्ला इन्चार्ज ? (सूचीसहित)

माओवादीमा कसलाई कुन जिम्मेवारी ? देशभर को–को बने जिल्ला इन्चार्ज ? (सूचीसहित)

  • मिडिया डबली
  • बुधवार, भाद्र ९ २०७८

  • 6.4K
    SHARES

  • माओवादीमा कसलाई कुन जिम्मेवारी ? देशभर को–को बने जिल्ला इन्चार्ज ? (सूचीसहित)

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संगठनात्मक कार्यविभाजन गरेको छ ।

    माओवादीले केन्द्रीय विभागका प्रमुखदेखि प्रदेश र जिल्ला समन्वय समितिको कार्यविभाजन गरेको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ ६ गते गरेको परिपत्रमा नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ ।

    पूर्व सभामुख समेत रहेका कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् ।

    प्रवास समिति इन्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मा रहेका छन् ।

    अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा रहेका छन् ।

    स्वास्थ्य विभागमा कल्पना धमला, शहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी प्रमुख तोकिएका छन् भने नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा छन् भने वन तथा वातावरण विभागमा शक्ति बस्नेत प्रमुख बनेका छन् ।

    १ नम्बर प्रदेशमा सुरेन्द्र कार्की इन्चार्ज बनेका छन् भने अध्यक्षमा सुरेन्द्रकुमार राई रहेको परिपत्रमा उल्लेख गरिएको छ । २ नम्बर प्रदेशको इन्चार्जमा गणेश शाह छन् भने अध्यक्ष तोकिएका छैनन् । बागमती प्रदेशको इन्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल रहेका छन् ।

    गण्डकी प्रदेश इन्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारी छन् ।  लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल ‘बलदेव’ र अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीले पाएका छन् । कर्णालीमा इन्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा रहेका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जमा खगराज भट्ट छन् भने अध्यक्ष तोक्न बाँकी रहेको छ । 

    विशेष समिति इन्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई जिम्मेवारी दिइएको छ । राष्ट्रिय युवासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा रामप्रसाद सापकोटालाई नियुक्त गरिएको छ ।

    पढ्नुहोस् परिपत्र –

    undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend