काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिने भएका छन् ।
आईतबार बसेको पार्टी स्थायी कमिटी बैठकमा श्रेष्ठले आफू प्रवक्ताको जिम्मेवारीमा रहिरहन नचाहेको जानकारी दिएका छन् ।
प्रवक्ता श्रेष्ठले आफू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि दोस्रो नेता भएकाले प्रवक्ताको जिम्मेवारीमा नरहने स्पष्ट पारेका छन् । उनी पार्टीका अन्य प्रमुख कार्यमा सक्रिय हुन चाहन्छन् ।
प्रवक्ता श्रेष्ठको आग्रहलाई प्रचण्डले अर्काे दिन छलफल गर्ने भन्दै टारिदिएका छन् । तर श्रेष्ठ प्रवक्ता पदमा काम गर्न चाहिरहेका छैनन्, त्यसैले उनले जुनसुकै बेला पनि राजीनामा दिनसक्ने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउने विषयमा समेत प्रचण्ड र श्रेष्ठबीच विवाद देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।