आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पार्टी एकता टुंग्याउँदै माओवादी, यी ३ जनालाई विशेष जिम्मा

पार्टी एकता टुंग्याउँदै माओवादी, यी ३ जनालाई विशेष जिम्मा

  • मिडिया डबली
  • आइतवार, भाद्र ६ २०७८

  • 5.3K
    SHARES

  • पार्टी एकता टुंग्याउँदै माओवादी, यी ३ जनालाई विशेष जिम्मा

    काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले विभिन्न घटकहरूबीच यसअघि भएको एकताको कामलाई टुंग्याउने निर्णय गरेको छ ।

    एकता प्रक्रिया टुंग्याउन माओवादीले ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

    आईतबार बसेको माओवादी स्थायी कमिटी बैठकले एकता प्रक्रिया टुंग्याउन ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

    २०७३ सालमा विभिन्न पार्टीबीच एकता भएपछि तत्कालीन एकीकृत नेकपा माओवादी पार्टीको नाम माओवादी केन्द्र राखिएको हो । पार्टी एकताको ५ वर्षपछि एकता टुंग्याउने निर्णय माओवादीले गरेको छ । यसबीच नेकपा एमालेसँग एकता भएर सर्वाेच्च अदालतबाट बदर भइसकेको छ ।

    बैठकले नेता वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य रहेको कार्यदल गठन गरेको छ । एकता भएदेखि नै अवरुद्ध रहेको एकता प्रक्रियालाई पूर्णता दिने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न एकता कार्यदल गठन गरिएको जनाइएको छ ।

    बैठकले माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त पदाधिकारी र जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । शनिबार र आईतबार २ दिनसम्म चलेको स्थायी कमिटी बैठकले सबै केन्द्रीय सदस्यको जिम्मेवारी तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    ‘बैठकबाट जिल्ला समन्वय समितिका संयोजकहरु तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ । सबै केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काम भएका छन्,’ बैठकका निर्णय जानकारी गराउँदै श्रेष्ठले भने ।

    श्रेष्ठले केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको बताएका छन् ।

    केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी तोकिएको श्रेष्ठले बताए ।

    राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको श्रेष्ठ बताए । ‘राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिका तयार पारेको छ । त्यसलाई छिट्टै तल पठाउँछौं र त्यही आधारमा अधिवेशन हुनेछन्,’ श्रेष्ठले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend