सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

केपी ओलीलाई अर्काे झड्का, ठूलै नेताद्वारा एमाले परित्याग गरेको घोषणा

केपी ओलीलाई अर्काे झड्का, ठूलै नेताद्वारा एमाले परित्याग गरेको घोषणा

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३ २०७८

  • 12.2K
    SHARES

  • केपी ओलीलाई अर्काे झड्का, ठूलै नेताद्वारा एमाले परित्याग गरेको घोषणा

    काठमाडौं – निवर्तमान प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले फुटेर नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी गठन भएपछि पार्टीमा तरङ्ग छ ।

    पार्टी दर्ता भएको २१ दिनभित्र अरु नेताहरूले समेत एमाले छाडेर समाजवादीतिर जान सकिने विकल्प रहेकै बेला पार्टी विभाजनको भोलिपल्टै एमालेका ठूलै नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

    उपाध्यक्ष बामदेव गौतमले एमाले छाडेर नेकपा एमाले समाजवादी पार्टीमा जाने घोषणा गरेका हुन् । बिहीबार गौतमले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि समाजवादी पार्टीमा जाने घोषणा गरेका छन् ।

    गौतमले भर्चुअल बैठकमा भने, ‘म माधव नेपालतिर जान्छु । माधव नेपालले मलाई एमाले र बामपन्थी एकताको जिम्मा दिनुहुन्छ ।’

    आफू विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा गएपनि ओलीले पार्टी एकताको जिम्मेवारी नदिएको गुनासो नेता गौतमले गरे । ‘केपी ओलीलाई म एकता गर्छु जिम्मा दिनुहोस् भन्दा दिनुभएन । माधव नेपालले एकताको जिम्मा दिनुहुन्छ, त्यसैले उहाँतिर जान्छु,’ गौतमले भने ।

    नेता गौतमले आफू माधव नेपालको पक्षमा रहेर एकताका लागि काम गर्ने र एक–डेढ वर्षभित्र एमाले हुँदै सम्पूर्ण वामपन्थीबीच पार्टी एकता गर्ने दाबी गरेका छन् ।

    नेता गौतमले अध्यक्ष ओलीलाई सुधार्न नसकिने दाबी समेत गरे । ‘केपी ओलीलाई पराजित गरेपछि मात्र सुधार्न सकिन्छ,’ उनले भने, ‘अब हामीले विद्रोह गर्ने हो ।’

    यसअघि नयाँ दल दर्ताका क्रममा नेता गौतम देखिएका थिएनन् भने केन्द्रीय कमिटीमा समेत परेका थिएनन् । तर बिहीबार उनले आफूपक्षीय नेतासँग छलफल गरेर नेपालको पक्षमा लाग्ने घोषणा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend