काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने लामो लडाइँका निम्ति तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुधवार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले सम्पूर्ण उपलब्धिलाई धरासायी पार्ने प्रवत्ति कम्युनिस्ट पार्टीभित्रैबाट देखिएको र त्यसलाई परास्त गर्न आफूहरू सफल भए पनि पूर्णता पाउन नसकेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले प्रतिगमन अहिले परास्त भएको भए पनि अन्तिम विजयी नभएको बताएका छन् ।
‘प्रतिगमन अहिलेलाई परास्त भएको छ । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने समाजवाद तिरको यात्रालाई निरन्तर अघि बढाउने प्रवृत्ति अहिले फेरि विजयी भएको छ तर यो अन्तिम विजय होइन,’ उनले भने, ‘यो यात्रा, यो लडाइँ हाम्रो लामो छ । त्यसैले आफूलाई लामो लडाइँको निम्ति तयार गर्न जरुरी छ ।’
अध्यक्ष प्रचण्डले व्यक्तिवादी, गुटवादी स्वार्थबाट सबै नेता कार्यकर्तामाथि उठ्न आवश्यक भएको बताएका छन् । आफैंभित्रको कमीलाई सच्याएर अघि बढे देश र जनताको पक्षमा काम गर्न सकिने बताएका छन् ।
उनले कम्युनिस्ट आन्दोलनको झण्डा सँगसँगै राष्ट्रिय एकताको झण्डा उठाउने बताएका छन् । अहिले सबै सकारात्मक विचार राख्ने शक्तिलाई एकताबद्ध गर्ने आवश्यकता रहेको प्रचण्डले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।