आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीमा महिला र दलितलाई विशेष आरक्षण, कसलाई कति ?

माओवादीमा महिला र दलितलाई विशेष आरक्षण, कसलाई कति ?

  • मिडिया डबली
  • सोमवार, श्रावण ३२ २०७८

  • 3.7K
    SHARES

  • माओवादीमा महिला र दलितलाई विशेष आरक्षण, कसलाई कति ?

    काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीका सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ ।

    २ दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकलाई आईतवार सम्पन्न गर्दै माओवादी केन्द्रले आरक्षणको निर्णय गरेको छ ।

    बैठकको निर्णय विषयमा जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका विभिन्न तहका कमिटीमा महिला र दलितका लागि कोटा निर्धारण गरेको बताएका छन् ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्दै केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित रहने गरी कोटा निर्धारण गरिएको छ ।

    पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय समिति बनाउने निर्णय समेत बैठकले गरेको छ । बैठकले आगामी पुस ११–१३ गतेमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य गणेश साहले बताएका छन् ।

    बैठकले प्रतिगमनको खतरा कायमै रहको भन्दै वाम–लोकतान्त्रिक गठबन्धन आवश्यक पर्दासम्म कायम राख्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गरेको जनाइएको छ ।

    माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन, विधान संशोधन र समसामयिक विषयको प्रस्ताव पारित भएको बताएका छन् । राष्ट्रिय सम्मेलन गर्न ४ महिने संगठन सुदृढीकरण अभियान चलाउने निर्णय समेत बैठकले गरेको छ ।

    माओवादी केन्द्रले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदम असफल भएको निष्कर्ष निकालेको छ । ‘प्रतिगामी कदम असफल भएको छ तर प्रतिगामी खतरा टरिसकेको छैन,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend