काठमाडौं – नेकपा माओवादी केन्द्रले देशभरका सबै जिल्ला कमिटी विघटन गर्ने निर्णय गरेको छ ।
संविधानको संघीय संरचना अनुसार पार्टीको पालिका, प्रदेश र केन्द्रीय कमिटीलाई सक्रिय बनाउँदै जिल्ला कमिटी विघटन गरेको हो ।
माओवादी केन्द्रले स्थानीय तह, प्रदेश र केन्द्रका रुपमा पार्टीका संरचना निर्माण गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको बैठकमा पार्टीका सबै जिल्ला कमिटी विघटन गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकमा प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन, अब सिधै जनतामा जाने हो ।’
माओवादी बैठकमा पार्टीका संरचना संघीयताको मर्म अनुकूल नभएको सन्दर्भ उठेपछि जिल्ला कमिटी विघटनको निर्णय गरिएको हो । विधान संशोधन गरी जिल्ला कमिटी विघटन गर्दै स्थानीय, प्रदेश र केन्द्र मात्रै राख्ने निर्णय भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।