आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाले सिफारिस गरेका यी प्रदेश प्रमुखले माओवादी पारा देखिएपछि ...

देउवाले सिफारिस गरेका यी प्रदेश प्रमुखले माओवादी पारा देखिएपछि ...

  • मिडिया डबली
  • शनिवार, श्रावण ३० २०७८

  • 6.4K
    SHARES

  • देउवाले सिफारिस गरेका यी प्रदेश प्रमुखले माओवादी पारा देखिएपछि ...

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा हालै लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भए ।

    उनी माओवादी पृष्ठभूमिका नेता हुन् भन्ने सबैलाई थाहा नै छ । तर उनले प्रदेश प्रमुख भइसक्दा समेत माओवादी पारा छाडेनन् ।

    प्रदेश प्रमुख बनिसकेपछि शेरचना साउन २७ गते कपिलवस्तुमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनेको खुलासा भएको छ । आफू कुनै पार्टीको सदस्य नरहेको अभिव्यक्ति दिने प्रमुख शेरचना माओवादी पार्टीको कार्यक्रममा सहभागी भएका छन् ।

    प्रदेश प्रमुख शेरचन माओवादीको कार्यक्रममा सहभागी भएपछि नेकपा एमाले कपिलवस्तुका नेता भेषराज पाण्डेले प्रदेश प्रमुख शेरचनले पदीय मर्यादा नाघेको प्रस्ट भएको बताएका छन् ।

    केही दिनअघि नेकपा माओवादी केन्द्रका नेता कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि देखिएको घटनाक्रमा समेत प्रदेश प्रमुख शेरचनाको सचिवालयबाट विवादास्पद भूमिका प्रदर्शन भइरहेको छ । 

    राजनीतिक रूपमा विपक्षी दलबाट भएका आलोचनामा समेत प्रतिक्रिया जनाउने र विवादलाई बढावा दिने प्रवृत्ति देखिएको भन्दै प्रदेश प्रमुखको आलोचना हुन थालेको छ ।

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा शेरचनलाई देउवा सरकारले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शेरचनाको नियुक्ति भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend