काठमाडौं – नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्जन कर्पोरेसन (एमसीसी) परियोजनाबारे उत्पन्न विवादको समाधान कूटनीतिक संवादबाट हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
आज शनिवार राजधानीमा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक र संगठनात्मक प्रस्तावमा एमसीसीबारे स्पष्ट पारिएको छ ।
अमेरिकी सहयोगको एमसीसीसहित लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादको माध्यमबाट हल गर्न प्रयत्न गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
एमसीसी परियोजनाको संसदीय अनुमोदनलाई लिएर राजनीतिक दलहरूबीच विवाद रहेको छ । सत्तारुढ गठबन्धनभित्रै एमसीसीलाई हेर्ने दृष्टिकोणमा भिन्न मत रहेको छ, जसले गर्दा मतैक्यता कायम हुन नसकिरहेको देखिएको छ ।
हालै सार्वजनिक संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख गरिएको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।