आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डको घोषणा : ‘अबको चुनावबाट माओवादी देशको प्रमुख शक्ति बन्छ’

प्रचण्डको घोषणा : ‘अबको चुनावबाट माओवादी देशको प्रमुख शक्ति बन्छ’

  • मिडिया डबली
  • शनिवार, श्रावण ३० २०७८

  • 4.8K
    SHARES

  • प्रचण्डको घोषणा : ‘अबको चुनावबाट माओवादी देशको प्रमुख शक्ति बन्छ’

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको चुनावमा माओवादी पार्टी देशको प्रमुख शक्ति बन्ने आधार तयार भएको घोषणा गरेका छन् ।

    आज शनिवार काठमाडौंमा सुरू भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक परिस्थितिबारे बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना रहेको छ ।’

    पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुँदा चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डले दाबी गरे । ‘तर यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रूपमा रुपान्तरण गर्न बाँकी रहेको छ,’ प्रचण्डले भने, ‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो । माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रूपमा रुपान्तरण गर्न जरुरी छ । माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरू उल्टिने र देश नै दुर्घटनामा पर्नसक्छ । त्यसैले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादीले नेतृत्व लिनुपर्छ ।’

    अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको बताएका छन् । ‘गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम माओवादी केन्द्रले नै गरेको हो भन्ने जनताले बुझेका छन् । विरोधीहरू र विश्वले पनि बुझेको छ । अब यो पहललाई संगठनमा रूपान्तरण गर्नुपर्छ,’ उनले भने ।

    नेतृत्वबाट कमीकमजोरीहरु पनि भएको स्वीकार्दै अध्यक्ष प्रचण्डले संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताएका छन् ।

    बलियो भइयो भनेर ढुक्क बस्न नहुने बताउँदै प्रचण्डले भने, ‘बलियो छ भनेर ढुक्क हुने स्थिति छैन । परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरूले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेका छन् । हाम्रो काँधमा अहिले पनि जिम्मेवारी छ  । प्रतिगमनलाई परास्त गर्ने र प्रतिगमनलाई रोक्ने भूमिकालाई अलिकति पनि घट्न दिनु हुँदैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend