आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विशेष अधिवेशन युवाहरूको भविष्यमाथिको प्रहार हो : जितजंग बस्नेत

विशेष अधिवेशन युवाहरूको भविष्यमाथिको प्रहार हो : जितजंग बस्नेत

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २९ २०७८

  • 5.8K
    SHARES

  • विशेष अधिवेशन युवाहरूको भविष्यमाथिको प्रहार हो : जितजंग बस्नेत

    काठमाडौँ- नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसका केही नेताहरूले पार्टीको १४औँ महाधिवेशनका विषयमा ‘विशेष महाधिवेशन’ भनेर दिएका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    नेपाल तरुण दल भक्तपुरले सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा बिहीबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको अनौपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले विशेष महाधिवेशनका नाममा युवाहरूको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिएका छन् ।

    उनले समय सारेर भए पनि महाधिवेशन गर्नुपर्ने बताएका छन् । ‘विशेष महाधिवेश भन्ने कुरो वाहियात हो । बकमफुसे कुरा हो’, उनले भने, ‘भागबण्डामा खाने नेताहरू अधिवेशन नगर्ने अधिवेनलाई अझै दुई वर्ष लगेर भागबण्डामा खानेहरूका विरुद्धमा हामीहरू लाग्नुपर्छ ।’

    उनले भने, ‘कांग्रेसको महाधिवेशन ठीक समयमा हुनुपर्ने भन्ने हो । हामीले भदौमा गर्न सक्छौँ भने भदौमा गरौँ । नभए एक महिना, दुई महिना, तीन महिना, चार महिना कति महिना हुन्छ ? सारेर भए पनि गर्नुपर्छ ।’

    ‘विशेष अधिवेशन भन्ने खेल खेलेको छ । यो विशेष अधिवेशन कदापि हुन सक्दैन । विशेष अधिवेशन युवाहरूको भविष्यमाथिको प्रहार हो’, अध्यक्ष बस्नेतले भने, ‘नेताहरू मिलीमिली खाने जुन बाटो हेरिएको छ । त्यसको विरुद्धमा हामी पनि लाग्छौँ ।’

    वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विशेष महाधिवेशन गरेर भागबण्डामा बाँडेर खाने तयारी गरिरहेका बेला तरुण दलका अध्यक्ष बस्नेतले विशेष महाधिवेशनको विरोध गरेका छन् ।

    ‘तरुण दल गतिशील भएर लाग्छ । कांग्रेसको एजेण्डलाई तरुण दलले घरघरमा लैजान्छ । हिजो चुनौती थियो । आज सम्भावना र चुनौती दुबै छ’, बस्नेतले भने, ‘कोरोना महामारीविरुद्ध हामी लडिरहेका छौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप लगाउने भन्नुभएको छ ।’

    ‘केपी ओलीले हिजो ४५ लाख खोप लगाइदिएका थिए’, उनले भने, ‘कांग्रेसको नेतृत्वमा सरकार बनेको एक महिना पनि भएको छैन ७५ लाख खोप लगाएका छौँ ।’

    उनले भने, ‘तरुणहरू चनाखो हुनुपर्छ । खोप र स्वास्थ्य मापदण्डमा जागरुक हुनुपर्छ ।’ ‘कालोबजारी गर्न जसले खोज्छ त्यसका विरुद्ध रोक्न प्रशासनसँग मिलेर काम गर्नुपर्छ’, उनले भने, ‘तरुण दल पार्टीको मेरुदण्ड हो । पार्टीको पार्टी संगठन हो । अरु भ्रातृ संगठन होलान् हामी साथी हौँ । तरुण दल अनुशासित बनाउनुपर्छ । अनुशासन र अनुशासित भएर जान चुनौती छ । असंभव छैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ४ २०७७१२:३१:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend