आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलको ‘डबल स्ट्यान्डर्ड’ : असली अनुहार उदाङ्गो !

भीम रावलको ‘डबल स्ट्यान्डर्ड’ : असली अनुहार उदाङ्गो !

  • मिडिया डबली
  • सोमवार, श्रावण २५ २०७८

  • 4.9K
    SHARES

  • भीम रावलको ‘डबल स्ट्यान्डर्ड’ : असली अनुहार उदाङ्गो !

    काठमाडौं - साढे तीन वर्षसम्म एमाले नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अधयक्ष केपी ओलीको विरोध गरेरै बिताए । नेकपा हुँदा र एमाले विवादमा भण्डारीले राष्ट्रपति कार्यालयको दुरुपयोग गरेको भन्दै उछितोसमेत काढे । राष्ट्रपति पदको मर्यादा राख्न नसकेको भनेर तीव्र आलोचना गरे । 

    तर आफूले निकै आलोचना गर्ने राष्ट्रपति भण्डारीलाई रावलले शीतल निवासमा करिब साढे दुई घन्टा भेटघाट गरेपछि उनको राजनीतिक चरित्र उदांगो भएको छ । राष्ट्रपतिसँग भएको भेटबारे उनले अहिलेसम्म मुख खोलेका छैनन् । माधव नेपाल पक्ष छाडेर जब उनी ओली गुटमा प्रवेश गरे तब रावलको शीतल निवास प्रवेश सहज भएको छ । ओलीले रावललाई कार्यबाहक अध्यक्ष बनाउने आश्वासन दिएपछि अहिले उनको भण्डारीसँग सम्बन्धमा सुमधुर बनेको बुझिएको छ ।

    राष्ट्रपति भण्डारीको कार्यशैलीको आलोचना गर्दै सामाजिक सञ्जालमा उनले लेखेका स्टाटस हेर्ने हो भने लामै सूची बन्छ । रावल र भण्डारी दुवै एमालेका उपाध्यक्ष निर्वाचित भएका थिए । भण्डारीलाई ओलीले राष्ट्रपति बनाए । रावललाई मन्त्रीसमेत बनाएनन् ।

    पार्टी विवादमा भण्डारीले सधैं ओलीलाई साथ दिएको भन्दै रावलले आपत्ति जनाउँथे । शीतल निवासलाई पार्टी गुटको अखडा बनाएको भन्दै आलोचना पनि गरे । प्रतिनिधिसभा विघटन भएपछि रावलले भण्डारी र ओलीलाई एउटै क्याटगोरीमा राख्दै प्रहार गरेर लेख्न थाले ।

    ‘राष्ट्रपतिसँग मिलिमतो गरी संविधान मिच्दै पटक पटक प्रतिनिधिसभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसंग राती साउती गर्ने, राष्ट्रहितविपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रमं केपीले नै अनिष्टको काम गरेको ठहर्छ,’ उनले लेखेका थिए ।

    ओली प्रधानमन्त्री हुँदा भण्डारीले खोप सहयोगका लागि विदेशीसँग याचना गर्दै चिठी लेखेकी थिइन् । त्यसको पनि रावलले विरोध गरेका थिए । उनले लेखेका थिए– ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।’

    रावलले अहिले माधव नेपाल पक्षलाई त्यागिसकेको बताइन्छ । नेपाल पक्षका नेताले रावलको भूमिकामाथि कडा आपत्ति जनाउन थालेका छन् । रावल ओलीको प्रवक्ता बन्न थालेको उनीहरूको बुझाई छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend