काठमाडौं – क्रियाशील सदस्यता विवादका कारण नेपाली कांग्रेसको महाधिवेशन अनिश्चित हुँदै गएका बेला युवाहरूले खबरदारी सुरू गरेका छन् ।
‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ नामबाट पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण–पत्र पठाउँदै युवाहरूले सदस्यताको विवाद मिलाएर महाधिवेशन सुरु गराउन आग्रह गरेका छन् ।
सदस्यताको विषयमा पार्टी कार्यालयमा धर्ना, अनसन चलिरहेको स्मरण गराउँदै अभियानले भनेको छ, ‘तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरियोस् ।’
पत्रमा नेविसंघ र तरुण दलको पूर्णताको लागि पनि माग गरिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए ।
यस्तो छ पत्र –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।