सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस क्रियाशील सदस्यता विवादमा गरिएको भ्रामक प्रचारविरुद्ध सर्वत्र विरोध

कांग्रेस क्रियाशील सदस्यता विवादमा गरिएको भ्रामक प्रचारविरुद्ध सर्वत्र विरोध

  • मिडिया डबली
  • मंगलवार, श्रावण १९ २०७८

  • 4.4K
    SHARES

  • कांग्रेस क्रियाशील सदस्यता विवादमा गरिएको भ्रामक प्रचारविरुद्ध सर्वत्र विरोध

    काठमाडौं – नेपाली कांग्रेस नवलपरासी पश्चिमले जिल्लाको संघीय क्षेत्र नम्बर–२ का पार्टी सभापति नरेन्द्रकुमार गुप्ता र प्रदेश क्षेत्र नम्बर २ (२) का सभापति दिनेशमणि पटेलले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिप्रति पार्टीभित्र सर्वत्र विरोध जनाएको छ ।

    सभापति गुप्ता र पटेलद्वारा साउन १६ गते संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जिल्लाको रामग्राम नगरपालिका–३, १५ र १६ तथा पाल्हीन्दन गाउँपालिकाको ४ वडामा पार्टीको क्रियाशील सदस्यताबारे विवाद रहेको भन्ने भ्रामक प्रचार गरेकाले विरोेध जनाएका छन् । 

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), नेपाली कांग्रेस संघीय क्षेत्रीय कार्यसमिति २ र नेपाली कांग्रेस रामग्राम नगर कार्यसमिति तथा पाल्हीनन्दन गाउँ कार्यसमितिले संयुक्त रूपमा जारी गरेको फरक–फरक विज्ञप्तिमा  सभापति गुप्ता र पटेलले जारी गरेको विज्ञप्ति पूर्ण भ्रामक, समाधानउन्मुख रहेको क्रियाशील सदस्यता  वितरण कार्यलाई प्रभावित गर्ने, जिल्लालाई विवादित देखाउने तथा गैरजिम्मेवार पूर्ण कार्य गरेको भनी निष्कर्ष निकालेको छ । 

    १४औं महाधिवेशनका लागि वडा, नगर तथा गाउँपालिकाबाट नेपाली कांग्रेसको विधान बमोजिम क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यताको लागि पठाएको नामावली संघीय सभापति गुप्ताले नामावली ‘ईन्ट्री’ गरी केन्द्रमा पठाएका हुन् । यद्यपि नामावली केन्द्रबाट प्रारम्भिक रूपमा सार्वजनिक हुँदा नगर र वडाबाट सिफारिस गरिएकोभन्दा फरक रही उल्लेखित वडामा नियम विपरीत आधिकाशं नाममा फेरबदल गरी गरिएको कुरा सार्वजनिक भएपश्चात वडा र नगरलाई सो सम्बन्धमा थाहा भई केन्द्रले तोकिएको अवधिभित्र नामावली वडा/गाउँ/नगर कार्यसमितिले गरेको सिफारिसलाई नै मान्यता दिनुपर्ने भनी केन्द्रमा गरिएको उजुरीपश्चात सभापति गुप्ता र पटेलले आफूहरूले विधान विपरीत पठाएको क्रियाशील सदस्यलाई समावेश गर्न केन्द्रलाई दबाब र प्रभावमा पार्ने प्रयास निरन्तर जारी राखे पनि सो अनुरूप थप नभएपछि पुनः जिल्लामा सदस्यता विवाद रहेको भन्दै  विज्ञप्तिमार्फत असत्य प्रचार गरिएकोप्रति पार्टीभित्र सर्वत्र विरोध भएको छ ।  

    पार्टीका जिल्ला सभापति विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा विधान बमोजिम वडा तथा गाउँनगरबाट सिफारिस गरिएका क्रियाशील सदस्यहरू समावेश भएको भन्ने बुझिएको कुरा उल्लेख गर्दै विधान विपरीत जिल्ला तहबाट कुनै किसिमको केन्द्रलाई दबाब नरहेको कुरा स्पष्ट पार्दै जिल्लाको तर्फबाट कुनै किसिमको दबाब नदिइएको कुरा स्पष्ट पारे ।

    यसैगरी, नेपाली कांग्रेस नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) २ का संघीय क्षेत्रीय सचिव आनन्दकन्द मिश्र, सचिव माधवप्रसाद पाण्डे र सचिव प्रदीपसिंह क्षेत्रीले संयुक्त रूपमा जारी गरेकोमा विज्ञप्तिमा सभापति गुप्ता र पटेलले विधान विपरीत रहेका क्रियाशील सदस्य समेत केन्द्रमा पठाएको विवाद झिक्दै आएको विज्ञप्ति जारी गरिएकोप्रति गम्भीर ध्यानाकर्षण जनाए ।

    यसैगरी, रामग्राम नगर कार्यसमितिका कार्यबाहक सभापति श्रीधर बस्याल र पाल्हीनन्दन गाउँ कार्यसमितिका सभापति हरिहर चौहानद्वारा जारी विज्ञप्तिमा सभापति गुप्ता र पटेलले विधान विपरीत क्रियाशील सदस्य थप्ने उद्देश्यले सयौं व्यक्तिलाई सदस्यता दिलाउन कीर्ते काजगपत्र तयार गरी केन्द्रमा पठाए पनि थप नभएपछि जिल्लामा सदस्यता विवाद सिर्जना गरी विज्ञप्ति जारी गरी भ्रामक प्रचार गरिएकोप्रति आपत्ति प्रकट गरिएको छ ।

    यस्ता छन् छुट्टाछुट्टै विज्ञप्ति –

    undefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend