काठमाडौं - नेपालमा जहाँ एकतर्फ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतविरोधी नारा लागिरहेको बेला त्यही अर्कोतर्फ एसएसबीले नेपाली नागरिकलाई सहयोग गरेर मानवताको झल्को देखाएको छ । एसएसबीले बिरामी भएकी दार्चुलाकी नेपाली महिलालाई अस्पताल पुर्याएर सहयोग गरेको छ ।
एसएसबीका जवानहरुले बीरामी भएकी महिलालाई भारतको धारचुला सीतापुल हुँदै नेपाल प्रवेश गराएका हुन् । यसको लागि एसएसबीले चार नेपाली नागरिकहरुलाई पनि बीरामी भएकी महिलासँग नेपाल क्षेत्रसम्म जाने अनुमति दिएको थियो ।
नेपाल एपीएफको छांगरु पोस्टमा निर्माण कार्य चालिरहेको छ । आइतबार गार्लिक निर्माण सेवा कम्पनी (नेपाल) का म्यानेजर इन्चार्ज सहदेव बोहराको निगरानीमा मजदुरहरु काम गरिहेका थिए । सोही समय दार्चुला नौगाड गाउपालिका वार्ड नम्बर १ बस्ने रमेश ठेकरेकी २० वर्षीया श्रीमती मजदुर संगीता ठेकरेको पेटमा अचानक पीडा सुरु भएको थियो । त्यसपछि संगीतालाई अस्पताल लैजान एकदम जरुरी भएको थियो । तर नेपाल तर्फको बाटो खराब भएको कारणले संगीतलाई अस्पताल पुर्याउन सम्भाव थिएन ।
उपचारको लागि भारतको धारचुला सीतापुलको बाटो हुँदै मजदुर बीरामी संगीतालाई अस्पताल लैजान बाहेक कुनै विकल्प थिएन । तर बीरामी संगीतासँग यसको लागि कुनै अनुमति थिएन । आपत स्वास्थ्यकी एसएसबी बी समवाय गब्र्यागका समवाय कमान्डरलाई यसको जानकारी हुनसाथ बीरामी संगीतासहित ५ जनालाई अनुमति दिइएको थियो ।
परिस्थितीको आकलन गर्दै उनीहरुलाई भारतको धारचुला सीतापुल हुँदै नेपाल प्रवेश गराइएको थियो । बीरामी महिलाको हालत गम्भीर भएकोले एसएसबीका जवानहरुले तुरुन्त संगीतालाई आफ्नै वाहनमा चढाइ छियालेखसम्म पुर्याएका थिए र साथै भारतीय सेनाको एमआई कक्षमा सांगीताको प्राथमिक उपचार गरी बुँदी तर्फ पठाइएको थियो ।
नेपालमा भारत र एसएसबीविरोधी नारा लागिरहेको बेला एसएसबीले जुन मनावता देखाएको छ त्यसको सबैतिर प्रशंसा भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।