आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्री छान्ने भनिएको माओवादी बैठक अकस्मात स्थगित

मन्त्री छान्ने भनिएको माओवादी बैठक अकस्मात स्थगित

  • मिडिया डबली
  • सोमवार, श्रावण १८ २०७८

  • 2.9K
    SHARES

  • मन्त्री छान्ने भनिएको माओवादी बैठक अकस्मात स्थगित

    काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंग्याउन बस्न लागेको भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    आज सोमबार दिउँसो ३ बजेका लागि पार्टीको मुख्यालय पेरिसडाँडामा डाकिएको बैठक अकस्मात स्थगित भएको छ ।

    पार्टीका शीर्ष नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

    ‘अध्यक्ष र स्थायी कमिटीका नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको छ,’ उनले भने ।

    नेकपा माओवादी केन्द्रले आज सोमबारको बैठकबाट सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउने तयारी गरेको जनाइएको थियो ।

    माओवादीबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा वा हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा जाने तयारी रहेको चर्चा छ । यसबारे सोमबारको बैठकले टुंगो लगाउने भनिएको थियो । तर अन्तिममा बैठक स्थगित भएको छ ।

    यसअघि आईतवार समेत पार्टीको स्थायी कमिटी बैठक बसेको थियो ।

    माओवादीले मन्त्रीको नाम टुंग्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend