आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीको बैठक सकियो, मुख्यमन्त्री शंकर पोखरेलबारे यस्तो निर्णय

माओवादीको बैठक सकियो, मुख्यमन्त्री शंकर पोखरेलबारे यस्तो निर्णय

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 7.1K
    SHARES

  • माओवादीको बैठक सकियो, मुख्यमन्त्री शंकर पोखरेलबारे यस्तो निर्णय

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले साउन २० गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक १० दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

    आईतबार बसेको स्थायी कमिटी बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो ।

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पछिल्ला राजनीतिक घटनाक्रम र तयारीका लागि आवश्यक समय लिनुपर्ने देखिएकाले केन्द्रीय कमिटीको बैठक यसघि साउन २० गतेदेखि बस्ने निर्णय गरेकोमा साउन ३० गते सुरू हुने गरी स्थगित गरिएको छ ।’

    बैठकले सबै वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटी बैठकमा ल्याउनका लागि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिने निर्णय भएको श्रेष्ठले बताए । ‘सबै प्रदेश कमिटीहरुलाई वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरुले सम्बन्धित प्रदेशबाट लिई आउन निर्देशन दिने निर्णय गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारले संविधानका मूल्य मान्यताविरुद्ध गतिविधि गरेको भन्दै आलोचना गर्ने निर्णय गरिएको समेत श्रेष्ठले जानकारी दिए ।

    प्रतिनिधिसभा र वर्तमान सरकारलाई पूरा कार्यकाल चलाउनका लागि गठबन्धनले विगतमा गरेका प्रतिबद्धता अनुसार अगाडि बढ्ने निर्णय समेत भएको श्रेष्ठले बताएका छन् ।

    दार्चुलास्थित महाकाली नदीमा एसएसबीले तुइन काटेर नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गर्ने निर्णय समेत भएको श्रेष्ठले जानकारी दिए ।

    सरकार विस्तार गरेर मन्त्री नियुक्तिमा भइरहेको ढिलाइबारे श्रेष्ठले गठबन्धनका दलहरु सहभागी हुने कि नहुने भन्ने निर्णयमा पुग्न नसकेकाले केही समय ढिलाइ भएको जानकारी दिए ।

    ‘जनता समाजवादी पार्टी (जसपा) र सरकारमा सहभागी हुन सक्ने सबै पार्टीहरुको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गराई विस्तार गर्न उपयुक्त हुन्छ भन्ने ठानेकाले ढिलाइ भएको छ । यसअघि मन्त्रिपरिषद् विस्तार तत्काल नगर्न जसपाले अनुरोध गरेको थियो,’ प्रवक्ता श्रेष्ठले भने, ‘गठबन्धनमा सामेल कतिपय पार्टीहरुले सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय गरी नसकेकाले केही समय मन्त्रिपरिषद् विस्तार थाती राखिदिन वा केही समय ढिलाइ गर्न मागेकाले भएको हो ।’

    मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ गर्न नहुनेमा माओवादी पुगेको र गठबन्धन दलहरुको धारणा समेत यस्तै रहेको श्रेष्ठले जानकारी दिए । मन्त्रिपरषद् विस्तारबारे गठबन्धनमा सामेल दलहरुबीच निर्णायक छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend