आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई भेट्न बिहानै कोटेश्वर पुगे प्रचण्ड

माधव नेपाललाई भेट्न बिहानै कोटेश्वर पुगे प्रचण्ड

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 5.9K
    SHARES

  • माधव नेपाललाई भेट्न बिहानै कोटेश्वर पुगे प्रचण्ड

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईतबार बिहानै कोटेश्वर पुगेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउनुअघि माओवादी अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनका नेता नेपाललाई भेटेका छन् ।

    नेकपा एमालेमा पार्टी एकताको कुरा चल्दा प्रचण्ड कोटेश्वर पुग्ने गरेका छन् । शनिबार समेत एकताको बृहत् प्रयास भएपछि प्रचण्ड आईतबार बिहानै नेपालनिवास पुगेका हुन् ।

    गत शुक्रवार समेत प्रचण्डले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । शनिबार देउवा र प्रचण्डबीचको छलफलमा समेत नेपाल पक्षलाई सरकारमा सहभागी गराउने समझदारी भएको छ ।

    नेता नेपाल पक्षको सहभागिता नटुंगिएकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । नेपालले आईतबार अन्तिम निर्णय गरेमा सोमवार मन्त्रिपरिषद् विस्तार हुने र नेपाल पक्षलाई कम्तिमा ६ मन्त्रालय दिने सहमति भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:३५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend