आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीका ४ पूर्व सांसदले अकस्मात किन रोके सर्वाेच्चमा हुनै लागेको सुनुवाइ ?

माओवादीका ४ पूर्व सांसदले अकस्मात किन रोके सर्वाेच्चमा हुनै लागेको सुनुवाइ ?

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 8.6K
    SHARES

  • माओवादीका ४ पूर्व सांसदले अकस्मात किन रोके सर्वाेच्चमा हुनै लागेको सुनुवाइ ?

    काठमाडौं – पार्टीले पदमुक्त गरेको प्रतिनिधिसभा सदस्य पदमा पुनर्बहालीको मागदाबीसहित सर्वाेच्च अदालतमा रिट दिएका नेकपा माओवादी केन्द्रका ४ जना पूर्व सांसदले सुनुवाइ रोकेका छन् ।

    आज शुक्रवार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको भए पनि निवेदकका कानून व्यवसायीको माग अनुसार पेशी स्थगित गरिएको छ ।

    रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साहसहित कानून व्यवसायी सर्वाेच्च पुगेर सुनुवाइ स्थगित गर्न आग्रह गरेपछि सुनुवाइ रोकिएको हो । सर्वाेच्चले सुनुवाइ स्थगित भएको जनाएको छ ।

    यसअघि हिजो बिहीवार पेशी तोकिएकामा सुनुवाइका लागि समय अभाव भएकाले अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो । आज शुक्रबार फेरि पेशी तोकिएको भए पनि निवेदक पक्षका कानून व्यवसायीले स्थगित गर्न माग गरेपछि सुनुवाइ प्रभावित भएको छ ।

    पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादीले सांसदबाट पदमुक्त गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

    रिटमा नेताहरूले आफू एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिई सांसद पदबाट कारबाही गरेकाले पुनर्बहाली हुनुपर्ने माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend