काठमाडौं - माओवादी केन्द्रबाट सरकारमा जाने नेताको नाम करिब करिब टुंगो लागेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशगत हिसाबमा मन्त्री बनाउनेको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको स्रोतले बतायो ।
भागबन्डाअनुसार प्रधानमन्त्रीले माओवादीबाट अब पाँच जना मन्त्री थप्नेछन् ।
माओवादी केन्द्रबाट मन्त्री बन्न अहिले खुमलटार धाउनेको पनि भीड बढे पनि प्रचण्डले कसैलाई आश्वासन दिएका छैनन् ।
माओवादीले अहिलेको सरकारमा ओली नेतृत्वको सरकारमा सहभागी नभएकामध्येबाटै मन्त्री बनाउने विधि बनाएका छन् । बाँकी मन्त्रालयमध्ये कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा भने गृहकार्य भइरहेको छ ।
चर्चाअनुसार माओवादीबाट देवेन्द्र पौडेल गण्डकी प्रदेशको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् । हितबहादुर तामाङलाई बागमती प्रदेशको तर्फबाट मन्त्री बनाउन लागिएको छ ।
राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने तयारी छ । श्रेष्ठ सरकारमा सहभागी भएमा उनले माओवादीको तर्फबाट सरकारमा नेतृत्व गर्नेछन् ।
प्रदेश १ बाट भोजपुरबाट निर्वाचित सुदन किराँती मन्त्री बन्ने सम्भावना छ । दलितको कोटाबाट बाँकेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजलाई पनि मन्त्रिमण्डमा सहभागी गराउने तयारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।