काठमाडौं – सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीको डेढ वर्षभन्दा बढी भइसक्दा पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । कोरोना महामारीले विश्वलाई आक्रान्त बनाइरहेको समयमा भारतले छिमेकी मुलुकहरुलाई यसविरुद्ध लड्न ठूलो सहयोग गरिरहेको छ ।
भारतले कोरोना महामारीविरुद्ध लड्का लागि छिमेकी मुलुक नेपाललाई धेरै ठूलो सहयोग गरेको छ । भारतले कोरोना भाइरसको परीक्षणका लागि नेपालमा पीसीआर किट अभाव भइरहेको समयमा सन् २०२० मे १७ मा करिब ३० हजार नमुना परीक्षण मिल्ने गरि किट सहयोग गरेको थियो । उक्त किट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए ।
त्यसैगरि सन् २०२० अगस्त ९ मा भारतीय सेनाको तर्फबाट राजदूत क्वात्राले तत्कालीन प्रधानसेनापति पूणचन्दै थापालाई २० आईसीयू भेन्टिलेटर हस्तान्तरण गरेका थिए । कोरोना महामारी संक्रमितहरुको उपचारका लागि उक्त सहयोगले महत्वपूर्ण योगदान गरेको छ ।
यसैगरि १५ सेप्टेम्बर २०२० मा भारत सरकारतर्फबाट राजदूत क्वात्राले दुई हजार भायल कोरोनाविरुद्धको प्रभावकारी ओषधि रेम्डेसिभिर सहयोग गरेका थिए । कोरोना महामारीको सुरुवातदेखि नै भारतले सरकारले निरन्तर सहयोग गरिरहेको छ । कोरोना भाइरसको परीक्षण किटदेखि औषधि र खोपसम्म भारत सरकारले नेपाली नागरिको जीवन रक्षाका लागि सहयोग गरेको छ ।
सन् २०२० नोभेम्बर ४ देखि ६ सम्म नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले पनि नेपाललाई विभिन्न स्वास्थ्य उपकरण उपहार ल्याएका थिए । उनले नेपाली सेनाका दुई वटा अस्पताललाई आईसीयू, भेन्टिलेटर र एम्बुलेस उपलब्ध गराएका थिए । २६ नोभेम्बरमा नेपाल भ्रमणमा रहेको भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगलाले थप दुई हजार भायल रेम्डेसिभिर औषधि उपहार दिएका थिए ।
त्यसैगरि भारतले कोरोनाविरुद्धको खोप उत्पादन गरेसँगै २१ जनवरीमा सर्वप्रथम नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएका थिए । भारतले १० लाख डोज खोप उपलब्ध गराएसँगै नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । ३० मार्चमा राजदूत क्वात्राले भारत सरकारको तर्फबाट नेपाली सेनालाई थप एक लाख डोज खोप उपलब्ध गराएका थिए ।
कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको नेपाललाई भारत थप सहयोग गरेको हो । जसमा भारतीय सेनाको तर्फबाट राजदूत क्वात्राले नेपाली सेनालाई ११ जुन २०२१ मा करिब आठ करोड २८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । जसमा पीपीइ, पीसीआर किट, आईसीयू, भेन्टिलेटर, एम्बुलेन्सलगायत रहेको थिए ।
जुलाई १८, २०२१ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई १५० वटा आईसीयू बेड उपलब्ध गराएका छ । भारत सरकारका तर्फबाट राजदूत क्वात्राले उक्त आईसीयू बेडहरु नेपालका सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
भारत सरकारले नेपाली नागरिकलाई स्वास्थ्य संस्थासम्म पहुँच पुर्याउनका लागि हालसम्म ८६२ एम्बुलेन्स सहयोग गरेको छ । आपतकालीन स्वास्थ्य सेवाका लागि भारत सरकारले उक्त सहयोग गरेको हो । उक्त एम्बलेन्सहरु नेपालभरका विभिन्न ७७ वटै जिल्लाहरुमा वितरण गरिएका छन् । यससँगै विद्यार्थीको सहज विद्यालय पहुँचका लागि १६६ स्कुल बसहरु सहयोग गरेको छ ।
कोरोना महामारीको सुरुवातदेखि नै हालसम्म नेपाली नागरिकको स्वास्थ्य रक्षाका लागि भारत सरकार नेपालको साथमा रहेको छ । नेपाल सरकारले पनि भारतको उक्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उक्त सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।