सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसमा जुटेन सहमति, बैठक भोलिसम्म स्थगित

कांग्रेसमा जुटेन सहमति, बैठक भोलिसम्म स्थगित

  • मिडिया डबली
  • बुधवार, श्रावण १३ २०७८

  • 3.5K
    SHARES

  • कांग्रेसमा जुटेन सहमति, बैठक भोलिसम्म स्थगित

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ।

    बुधबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठक ४ घण्टासम्म चलेको हो ।

    प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार दिउँसो २ बजे फेरि पदाधिकारी बैठक बस्ने बताएका छन् । क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न थप समय लिइएको स्रोतले जनाएको छ ।

    कांग्रेसले साउन १२ गते वडा अधिवेशन तोके पनि सदस्यता विवाद कायमै रहेकाले स्थगित गरिएको छ । शर्माका अनुसार महाधिवेशन केन्द्रित बैठक बिहीबार बस्ने भएको छ ।

    कतिपय जिल्लामा क्रियाशील सदस्यता विवाद रहेकाले पार्टी कार्यालय सानेपामा अनशन समेत भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend