सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसमा कुरा मिलेपछि पार्टी कार्यालय सानेपामै सहमति

कांग्रेसमा कुरा मिलेपछि पार्टी कार्यालय सानेपामै सहमति

  • मिडिया डबली
  • मंगलवार, श्रावण १२ २०७८

  • 8.1K
    SHARES

  • कांग्रेसमा कुरा मिलेपछि पार्टी कार्यालय सानेपामै सहमति

    काठमाडौं – नेपाली कांग्रेस पार्टीको महाधिवेशनको मुखैमा क्रियाशील सदस्यता विवादको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयमा अनसन बसेका धनुषा, रौतहट, बारा लगायत जिल्लाका नेता, कार्यकर्ताले अनसन टुंग्याएका छन् ।

    विगत १० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बसेका केन्द्रीय सदस्य डा. .चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारा लगायतका नेता कार्यकर्तासँग आज मंगलवार ६ बुँदे सहमति भएपछि अनसन अन्त्य गरिएको हो ।

    क्रियाशील सदस्यता सम्बन्धी माग सम्बोधन गर्ने सहमतिमा पार्टीको तर्फबाट नेता डा. रामशरण महत र सहमहामन्त्री डा. प्रकाशशरण महतले हस्ताक्षर गरेपछि सहमति जुटेको हो । पार्टीबाट न्याय मिल्ने अपेक्षासहित आमरण अनसन तोडेको केन्द्रीय सदस्य यादवले बताए ।

    यादवले जिल्ला छानबिन समितिको निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान हुने विश्वा व्यक्त गरेका छन् ।

    कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले अनसन बसेकाहरूको माग सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् । ‘क्रियाशील सदस्यता वितरणमा उहाँहरूले राख्नुभएको माग पार्टी नेतृत्वले सम्बोधन गरी न्याय गर्नेछ,’ महतले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend