काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् ।
सोमबार बिहान खुमलटार पुगेका नेता पौडेलले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
प्रचण्डपुत्री गंगा दाहालले कांग्रेस नेता पौडेलले आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको भन्दै तस्बिर सार्वजनिक गरेकी छन् । सीता दाहाल लामो समयदेखि अस्वस्थ छिन् । उनको स्वास्थ्य अवस्था पहिलेभन्दा अहिले गल्दै गएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।