आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई फकाउन बिहानै घरमै पुगे प्रचण्ड र उपेन्द्र यादव

माधव नेपाललाई फकाउन बिहानै घरमै पुगे प्रचण्ड र उपेन्द्र यादव

  • मिडिया डबली
  • मंगलवार, श्रावण ५ २०७८

  • 6.3K
    SHARES

  • माधव नेपाललाई फकाउन बिहानै घरमै पुगे प्रचण्ड र उपेन्द्र यादव

    काठमाडौं – सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच मंगलबार बिहानै भेटवार्ता भएको छ ।

    अध्यक्ष प्रचण्ड र नेता नेपालबीच मंगलवार बिहान नेपालनिवास कोटेश्वरमा भेटवार्ता भएको छ ।

    नेता नेपाललाई भेट्न मंगलवार बिहान सवा ८ बजे कोटेश्वर पुगेका प्रचण्ड ९ बजेतिर फर्किएका छन् । प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव समेत नेपाल निवासमा प्रवेश गरेका छन् ।

    यसैबीच, पार्टीभित्र विद्रोह गर्दै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष सरकारमा जाने विषयमा सकारात्मक देखिएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीबाट आएका पार्टी एकताका प्रस्ताव अस्वीकार गर्दै आएको नेता नेपाल पक्ष देउवा सरकारमा जानेबारे छलफलमा जुटेको छ ।

    अध्यक्ष ओलीसँग मिलेर पुनः एमालेमै फर्किने सम्भावना नभएपछि अब देउवासँग मिलेर सरकारमा जाने निष्कर्षमा नेकपा पक्ष पुगेको स्रोतले जनाएको छ । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवालाई मत दिएका २२ जनालाई स्पष्टीकरण सोध्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । तर सर्वाेच्च अदालतको फैसला अनुसार ओलीले कारवाहीको निर्णय गरेपनि त्यो कार्यान्वयन हुने छैन । अदालतले नेपालको संविधानको धारा ७६(५) अनुसार बनेको सरकारलाई मत दिँदा ह्वीप नलाग्ने र कारवाही गर्न नपाइने स्पष्ट पारेको छ ।

    सर्वाेच्च अदालतको फैसला अनुसार अब नेपाल पक्ष ढुक्कसँग देउवा सरकारमा जान सक्नेछ । नेपाल पक्षले उपप्रधानमन्त्रीसहित ६ मन्त्रालय मागेर सरकारमा जानेबारे छलफल गरिरहेको स्रोतले जनाएको छ ।

    सरकार बन्न निर्णायक र विद्रोही भूमिका खेलेका नेता नेपाल पक्षलाई प्रधानमन्त्री देउवाले समेत महत्त्व दिएका छन् । प्रधानमन्त्री बनेपछि नेपालनिवास कोटेश्वर पुगेरै देउवाले सरकारमा सहभागी हुन र विश्वासको मत दिन आग्रह गरेका थिए । नेपालले गरेको प्रतिबद्धता अनुसार विश्वासको मत दिएका छन् भने अब देउवाले सरकारमा उचित हिस्सेदारी दिनुपर्ने बेला आएको छ । देउवालाई विश्वासको मत दिएका सांसदमध्ये नै सरकारमा पठाइने नेपालनिकट स्रोतले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीबाहेक कांग्रेस, माओवादी केन्द्र/माधव पक्ष र जनता समाजवादीले ६/६ गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनाउने मनस्थिति देउवाले बनाएका जनाइएको छ । प्रधानमन्त्री देउवालाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरिसकेको छ । सबै पार्टीलाई १/१ उपप्रधानमन्त्री समेत दिँदा ३ भन्दा बढी उपप्रधानमन्त्री हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

    नेता नेपाल पक्षबाट उपप्रधानमन्त्रीसहित ६ जना मन्त्री बन्ने बताइन्छ । उपप्रधानमन्त्रीका रूपमा राष्ट्रियसभा सदस्य बामदेव गौतमको नाममा चर्चामा रहेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेता गौतमले सर्वाेच्च अदालतको फैसला स्वागत गरेका छन् ।

    नेपाल पक्षबाट मन्त्री हुनेहरूमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, गोपाल बम, प्रेम आले, धनबहादुर बुढा, कृष्णकुमार श्रेष्ठ, कल्याणी खड्का, हिराचन्द्र केसी, कलिला खातुनको नाम चर्चामा छ । यी नाममध्ये मन्त्रालय हेरेर आवश्यक मन्त्री पठाउने नेपाल पक्षको तयारी छ ।

    नेकपा एमालेका दोस्रो तहका केही नेताहरूले पार्टी एकताको प्रयास गरिरहेकाले उनीहरूले यसलाई झन् घनिभुत बनाउँदै नेपाल पक्षलाई तत्काल सरकारमा जानबाट रोक्ने सम्भावना समेत रहेको स्रोतले जनाएको छ । ‘एकताका नाममा नेपाल पक्ष अझै केही हप्ता अनिर्णित बन्नसक्छ । सरकारमा जान हतार गर्दैन होला,’ स्रोतले भन्यो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:३५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend