काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतबारे छलफल गर्दै माओवादी केन्द्रले देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद रामेश्वरराय यादवले बताए ।
‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने ।
दलको बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएका थिए ।
गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका कांग्रेस सभापति शेरबहादुर देउवाले आईतवार बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
फागुन २८ गतेको सर्वोच्च अदालतको फैसलापछि संसदको पहिलो बैठक आईतवार अपराह्न ४ बजे बस्दैछ । पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा दोस्रो बैठक बसेर विश्वासको मतबारे छलफल हुनेछ । आज आईतबारै विश्वासको मतमाथि मतदान हुने तय भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।