सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस बैठक अकस्मात स्थगित, अब कहिले बस्छ ?

कांग्रेस बैठक अकस्मात स्थगित, अब कहिले बस्छ ?

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 3.7K
    SHARES

  • कांग्रेस बैठक अकस्मात स्थगित, अब कहिले बस्छ ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अकस्मात स्थगित भएको छ ।

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजे बस्ने गरी बोलाएको पदाधिकारी बैठक स्थगित भएको हो ।

    प्रधानमन्त्री देउवाको व्यस्तताका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक स्थगित गरिएको जानकारी दिए । उनका अनुसार अब शुक्रवार दिउँसो २ बजे बैठक बस्ने भएको छ ।

    पार्टीको १४औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे छलफल गर्न बैठक बस्न लागेको थियो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुबारे समेत छलफल हुने जनाइएको छ ।

    नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनिसकेका छन् । 

    प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेर मन्त्री क–कसलाई बनाउने टुंगो लगाउने भएका छन् ।

    कांग्रेसले आगामी भदौ १६–१९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तर असारभित्रै क्रियाशील सदस्यता विवाद टुंग्याउने भनिएपनि विवाद कायमै छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend