काठमाडौं – एकपछि अर्काे असंवैधानिक कदम चालेर बदनाम भएपछि सर्वाेच्च अदालतबाट ‘किक आउट’ भएका केपी शर्मा ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वाेच्च अदालतले संसद पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
ओलीले सम्बोधन गर्ने भएपछि मंगलबार दिउँसो १ बजे बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । एमालेमा आन्तरिक विवाद समाधानका लागि प्रयास भइरहेको छ । तर सर्वाेच्चको फैसलापछि कस्तो अवस्था आउँछ ? हेर्न बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।