सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक विशेष

ओलीको पद खुस्केपछि तनावमा कमल थापा, गर्न थाले बर्बराहट

ओलीको पद खुस्केपछि तनावमा कमल थापा, गर्न थाले बर्बराहट

  • मिडिया डबली
  • मंगलवार, आषाढ २९ २०७८

  • 7.8K
    SHARES

  • ओलीको पद खुस्केपछि तनावमा कमल थापा, गर्न थाले बर्बराहट

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली पदच्यूत भएपछि सबैभन्दा तनावमा राप्रपा अध्यक्ष कमल थापा देखिएका छन् ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथ खुवाउन परमादेश नै जारी गरेपछि थापाको बर्बराहट अहिलेसम्म रोकिएको छैन । सोमबार फैसला आएलगत्तै थापाले सर्वोच्च अदालतमा गोरु ब्यायो भनेर स्टाटस लेखे ।

    त्यसपछि उनले नेपालमा राजनीतिक अस्थिरता भएमा त्यसको दोषी न्यायालय हुनेछ भनेर आरोप लगाए । मंगलबार बिहानै उनले एमालेका माधवकुमार नेपाल पक्षलाई भरमार गाली गरिरहेका छन् । ओलीको सत्ता ढाल्नुमा माधव नेपाल धेरै दोषी भएको भन्दै लघुकथाको नाम दिएर सत्तोसराप गर्न थालेका छन् ।

    कमल थापा जतिको बर्बराहट त एमालेका ओली पक्षका महेश बस्नेत, गोकुल बास्कोटा, विष्णु रिमाल, सूर्य थापामा पनि देखिएको छैन । कमल थापाले लेखेका छन्– ‘बिहान फुरेको लघुकथा, को जित्यो, को हार्‍यो ? एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्।

    ती असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए। अनि पञ्च भलादमीसमेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु जित्यौं जित्यौं भन्दै सगौरव घर फर्केछन् ।’ उनले लघुकथा भने पनि त्यसमा इंगित गरिएको पात्र माधव नेपाल समूहका सांसद भएको सजिलै बुझ्न सकिन्छ ।

    आखिर माधव नेपालको उछितो काढेर कमल थापा ओलीको किन गुणगान गाइरहेका छन् ? राप्रपाका नेता कार्यकर्ताले समेत बुझ्न सकेका छैन । थापालाई अहिले आफ्नो पार्टीको भन्दा एमालेका ओलीकै चिन्ता बढी देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend