काठमाडौं – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खाइपाई आएको सत्ता गुमेपछि गण्डकी प्रदेश सभामा नेकपा एमालेले बबन्डर मच्चाएको छ ।
सोमबार प्रमुख विपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठकमा अवरोध गर्दै अवरुद्ध गरेको छ ।
एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक दिउँसो १२ बजेसम्मका लागि स्थगित गरेका छन् ।
एमालेको सरकार ढलेर नेपाली कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २ हप्तापछि १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको आरोप लगाउँदै एमालेले बबन्डर गरिरहेको छ । रकमान्तरको कारण र विनियोजित बजेटको जानकारी दिनुपर्ने एमालेको माग रहेको छ ।
गत असार १ गते ३० अर्ब ३ करोडको बजेट प्रस्तुत गरेकोमा त्यसमाथि आईतवारदेखि छलफल सुरू गर्ने कार्यसूची भएपनि एमालेको अवरोधका कारण बैठक स्थगित हुँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।